हार्दिक स्वागत छ !!!
नमस्ते।
सम्पूर्ण रेकी साधकहरू तथा रेकीप्रति रुचि राख्ने सबै महानुभावहरूलाई हार्दिक वन्दन। नेपाल रेकी मेडिटेसन सेन्टर (NRMC), काठमाडौं, नेपालको यस वेबसाइटमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। मेरो तथा नेपाल रेकी मेडिटेसन सेन्टर (NRMC) को सम्पूर्ण टोलीप्रति यहाँहरूले देखाउनुभएको समय, विश्वास र साथका लागि म हृदयदेखि नै आभारी छु। यस वेबसाइटमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। यहाँहरूको सहयोग, प्रेरणा र सहभागिताले हामीलाई निरन्तर उत्साहित बनाएको छ। यहाँहरूको चासो, विश्वास तथा यस दिव्य उपचारात्मक ऊर्जासँग जोडिने इच्छाले सबैका लागि सधैं अर्थपूर्ण र अविस्मरणीय अनुभव प्रदान गरोस् भन्ने हाम्रो कामना छ।
रेकी जापानबाट उत्पत्ति भएको एक दिव्य शब्द हो, जसको अर्थ सार्वभौमिक जीवन ऊर्जा (Universal Energy) हो। यस ब्रह्माण्डका सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरू यही सार्वभौमिक ऊर्जाको अभिन्न अंश हुन्। रेकी दीक्षापछि (Attunement) हामी रेकी साधकका रूपमा यस दिव्य ऊर्जासँग आफूलाई सन्तुलित राख्ने तथा जीवनलाई सकारात्मक दिशामा अगाडि बढाउने जिम्मेवारी पूरा गर्दछौं। आउनुहोस्, सकारात्मक सोच, आनन्दमय जीवनशैली र उचित आहार–विहारका साथ यस असीम उपचारात्मक ऊर्जाको अधिकतम सदुपयोग गरौं। रेकी आफैंमा एक वैज्ञानिक तथा आध्यात्मिक उपचार पद्धति हो, जसले शक्तिशाली उपचारात्मक ऊर्जामार्फत शरीर, मन र भावनात्मक अवस्थालाई रहस्यमय तर प्रभावकारी रूपमा सन्तुलित र स्वस्थ बनाउन सहयोग पुर्याउँछ।
म, तेन्जी लामा शेर्पा, नेपाल रेकी मेडिटेसन सेन्टर (NRMC) का शिक्षक, ग्रान्ड मास्टर तथा गुरु, सम्पूर्ण रेकी साधकहरू, सहभागीहरू तथा आध्यात्मिक यात्रामा साथ दिन इच्छुक सबै महानुभावहरूलाई पुनः हार्दिक स्वागत गर्दछु। हामीसँग जोडिनुभएको, हाम्रो गतिविधिलाई हेर्नुभएको तथा यस आध्यात्मिक यात्रामा सहयात्री बन्न चाहनुभएकोमा हार्दिक धन्यवाद।
सार्वभौमिक ऊर्जा रेकीको असीम कृपाले यहाँहरूको जीवन सधैं सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सन्तुष्टिले भरिपूर्ण रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
धन्यवाद!
थप पढ्नुहोस्नेपाल रेकी आध्यात्मिक उपचार केन्द्र, नेपाल रेकी ध्यान केन्द्र र लामा न्गावाङ रिग्जिनको तर्फबाट जारी परियोजनाको लागि न्गावाङ सुल्थ्रिम (मार्टी डोनेली - अष्ट्रेलिया) बाट अनुरोध।
कोभिडको भयावह अवस्था मा सम्पुर्ण रेकि हिलरहरुलाइ स्तब्ध बनाएर तत्कालीन गुरु रेकि ग्रायन्ड मास्टर लामा ङ्वाङ रिन्जिन को स्वर्गारोहण भएको थियो जस्ले गर्दा नेपाल रेकि ध्यान केन्द्र जस्तो चरम चुलीमा पुगेको आध्यात्मिक सँस्था पनि धर्मराउन पुग्यो। स्वर्गीय गुरुको धरोहर बचाउन वहाँका समर्थक तथा चेलाहरुको अथक प्रयास बाट इ.सँ 2025 August 02 गते साधारण सभा बोलाएको तथा नयाँ समिति गठन गरिएको थियो। सो समितिले नयाँ गुरु चयन गर्न विभिन्न प्रकृयाबाट अनुमोदन गरि समर्थ, समर्पित तथा स्वर्गीय गुरुको चेला रहेका सक्षम रेकि हिलर तेन्जिन लामा शेर्पा लाइ चयन गरेको थियो।
नेपाल रेकि ध्यान केन्द्र तथा सम्पूर्ण रेकि हिलरहरु नयाँ गुरु श्री तेन्जिन लामा शेर्पा लाइ बधाइ अर्पण गर्दछ।तथा आफ्ना श्रदय गुरु स्वर्गीय लामा ङ्वाङ रिन्जिन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।
अध्यक्ष
श्री महेश्वर लाल श्रेष्ठ
नेपाल रेकि ध्यान केन्द्र
थँहिती, काठमाडौं, नेपाल
नेपाल रेकी ध्यान केन्द्र
रेकी कटेजको निर्माण प्रक्रिया
आजको लागि मात्र, म रिसाउने छैन।
जीवनमा शान्ति ल्याउन रिस त्याग्नुहोस्।
आजको लागि मात्र, म चिन्ता गर्दिन।
डर र चिन्ता छोड्नुहोस्, जीवनको प्रवाहमा विश्वास गर्नुहोस्।
आजको लागि मात्र, म आभारी हुनेछु।
सकारात्मकता र सन्तुष्टि आकर्षित गर्न कृतज्ञताको अभ्यास गर्नुहोस्।
आजको लागि मात्र, म मेरो काम इमान्दारीपूर्वक गर्नेछु।
इमान्दारी र जिम्मेवारीका साथ बाँच्नुहोस्।
आजको लागि मात्र, म हरेक जीवित प्राणीप्रति दयालु हुनेछु।
सबै प्राणीहरूप्रति करुणा र सम्मान देखाउनुहोस्।
रेकीसँग सम्बन्धित अन्तर्वार्ता र लेखहरू
Devaki Rimal
Summarized extract from an address given by Dr. Mana Mohan Shrestha of Jawalakhel College at the inauguration of the Sewa (Service) Campaign in Marwadi Sewa Samiti by Nepal Reiki Meditacion Centre, Swoyambhu, Kathmandu, Nepal.
Gerry Riddle
“The Nepal Reiki Meditation Centre and Lama Ngawang Rigdzin have been an inspiration for me. During my time in Nepal I took my level 3a and 3b Reiki Initiations and Level 1 Lama Fera initiation from Guruji; and also volunteered at the centre for about 6 weeks, helping out with both healings and paperwork for the centre.
Devaki Rimal
Summarized extract from an address given by Dr. Mana Mohan Shrestha of Jawalakhel College at the inauguration of the Sewa (Service) Campaign in Marwadi Sewa Samiti by Nepal Reiki Meditacion Centre, Swoyambhu, Kathmandu, Nepal.
सम्पर्कमा रहनुहोस्
नेपाल रेकी ध्यान केन्द्र
ठेगाना
Thahity, Kathmandu, Nepal
फोन नम्बर
+977-9761789832
+977-9841362657
इमेल ठेगाना
nepalreiki2026@gmail.com
वेबसाइट
www.nepalreiki.org.np